यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा चितवनबाट ९७ जना युवायुवती समातिए

प्रनिश थापा, चितवन, ३० असार । चितवन प्रहरीले सोमबार जिल्लाको विभिन्न स्थानहरूमा रहेको होटल तथा लजहरुमा छापा मारेको छ ।

null

अवैध यौनजन्य क्रियाकलाप तथा सामाजिक विकृती रोक्न भन्दै प्रहरीले सोमबार दिउँसो २ बजे जिल्लाको नारायणगढ, रामनगर, भरतपुर सहित पुर्वी चितवनको रत्ननगर टाँडी क्षेत्रमा रहेका होटल तथा लजहरुमा छापा मारेको हो । छापा मार्ने क्रममा प्रहरीले अबैध यौनजन्य गतिविधिमा संलग्न भएको आशंकामा ९७ जना युवायुवतीहरु लाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा ४३ जना महिला, ४२ जना पुरुष र १२ जना होटल सञ्चालक रहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिनुभएको छ । अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरीले होटल तथा लजहरुमा छापा मारेको थियो । छापा मार्ने क्रममा उनीहरुलाई विभिन्न होटलहरुबाट रंगेहात पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । प्रहरी नियन्त्रणमा रहेकाहरुमध्ये अधिकांशको श्रीमान वा श्रीमती विदेशमा रहेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको एसपी मल्लले जानकारी दिनुभएको छ ।

Add