पकडी युथ युनाइटेड क्लब लाई सहयोग प्रदान

शिव खनाल ,
सुन्दर गंगानगर चितवन
भरतपुर १३ गंगानगर , असोज २० गते
भरतपुर महानगरपालिका वडा न १४ अन्तरगत पकडि युथ युनाइटेड क्लबले विजया दशमीको पवन अवसरमा आयोजना गरिएको दुर्गा पुजा तथा बिशेष सास्कृतिक कार्यक्रमको हिजो भब्य र सभ्यका साथ सम्पन्न भएको हो ।

null

यसै कार्यक्रमका अबसरमा भरतपुर १४ निवासी समाजसेवी हिमराज पौडेल तथा बुहारी वरिष्ठ समाजसेवी महिलानेत्री सावित्री अधिकरि (पौडेल ) कि स्व,पिता महेश्वर पौडेल तथा स्व, माता हरिकला पौडेल को सम्झनामा पकडी युथ युनाइटेड क्लब लाई रु २७,१००/- सत्ताइस हजार एक सय आर्थिक सहयोग तथा जेष्ठ नागरिक हरु लाई सम्मान कार्यक्रम राख्नु भएको हो ।

null

वरिष्ठ समाजसेवी सावित्री अधिकारि ( पौडेल ) तथा समाजसेवी हिमराज पौडेल द्वारा यस्तै विभिन्न सामाजिक संघ संस्था तथा गरिब असहाय विपन्नत बर्ग हरुको लागि पटक पटक सहयोग पुराउदै आउनु भयको हो । उहाँ हरुको यस्ता सरहानिय कार्यका लागि हामी समग्र साविक पटिहानी बासीका तर्फ बाट हार्दिक नमनका साथ धन्यवाद टक्राउन चाहान्छौ ।

Add