उत्कृष्ट प्रहरी व्यवस्थापक पुरस्कार एसएसपी दीपक थापालाई

काठमाडौं । ६४ औं प्रहरी दिवसको अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले उत्कृष्ट प्रहरी व्यबस्थापक पुरस्कार पाएका छन्।
प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुखको रुपमा कार्यरत थापाले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले उनलाई उत्कृष्ट प्रहरी व्यबस्थापक पुरस्कार प्रदान गरेका हुन ।
बेरुजु फर्छ्यौटमा नेपाल प्रहरीलाई उत्कृष्ट पुरस्कार दिलाउन उल्लेखनीय भुमिका खेलेका एसएसपी थापालाई यस अगाडी पनि आईजी खनालले पुरस्कृत गरेका थिए।
प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहका बिच अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) यादव अधिकारीलाई 'लाइफटाइम एचिभ्मेन्ट अवार्ड' प्रदान गरिएको छ।
सतहत्तर जिल्लाका प्रहरी प्रमुखहरुमध्ये मोरङका तत्कालिन एसपी मनोज केसी उत्कृष्ट भएका छन् ।

null

प्रहरी प्रधान कार्यालयले गरेको अन्तरजिल्ला कार्यदक्षता मूल्याङकनमा केसी उत्कृष्ट भएका हुन् ।

null

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन एसपी हृदय थापाले दोस्रो र जिल्ला प्रहरी कार्यालय सुर्खेतका तत्कालीन एसपी बसन्त रजौरेले तेस्रो पुरस्कार पाएका छन्। समाचार हाम्रो पुलिस बाट

Add