प्रहरीको उत्कृष्ट काम चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला

हराएको मोटरसाईकल ९ महिना पछि बेबारिसे अबस्थामा फेला पारि प्रहरीले सम्बन्धीत धनिलाई बुझाईएको छ । धादिङको रुबिभ्याली गाउँपालिका ३, साबिकको सेर्तुङ ६ घर भई हाल काठमाण्डौको तारकेश्वर न.पा ७ का नारायण तामाङको बा ९६ प ५७ नं. को १५० होण्डा कम्पनिको रातो रङको मोटरसाईकल नेत्रावतीको चरङ्गेमा प्रहरीले फेला पारी आज सम्बन्धीत धनिलाई बुझाएको हो ।

null

२०७५ पुष २९ गते काठमाण्डौको तारकेश्वर न.पा ७ मा पार्किङ गरेको स्थानबाट हराएको भनि महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौमा निबेदन परेको थियो ।

null

उक्त निवेदन अनुसार जिल्ला प्रहरी कार्यालय धादिङ मातहतको प्रहरी चौकि टोड्केबाट खटिएको प्रहरी टोलिले २०७६ भदौ ८ गते नेत्रावती डवजोङ गा.पा ५ चरङ्गेमा बेबारिसे अबस्थामा फेला पारी आज जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारबाट मोटरसाईकल सम्बन्धित धनिलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङ समाचार बाट....

Add