ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु ...

आज बिहान भरतपुरको क्यान्सर गेट नजिक ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ ।भरतपुरबाट माडीतर्फ जादै गरेको ना । ७ ख । ४०९१ नम्बरको ट्रकले ठक्कर दिँदा भरतपुर महानगरपालिका वडा नं ।

Image title

 ७, कृष्णपुर निवासी बर्ष ३५ की लक्ष्मी सुवेदीको ज्यान गएको हो ।ट्रकको ठक्करबाट सुबेदिको मृत्यु भएसंगै भरतपुरको कृष्णपुर क्षेत्र तनावग्रस्त भएको छ । 

Image title


स्थानीयबासीहरुले ठक्कर दिने ट्रकका चालकमाथि कारवाही, मृतकको परिवारलाई उचित क्षतीपूर्ति लगायतको माग गर्दै आवाज उठाइरहेसंगै कृष्णपुर क्षेत्र तनावग्रस्त भएको हो । सो स्थानमा ठूलो संख्यामा स्थानीयबासीहरु जम्मा भएका छन् । 

Image title


घटनास्थलमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने भरतपुर गीतानगर सडक अवरुद्ध भएको छ । प्रहरीले दुर्घटनास्थलमा रहेको ट्रकलाई आफ्नो निरन्त्रण मा लिइ जिल्ला प्रहरी कार्यालय भित्र राखेको छ । 

Image title

Add