१९८ किलो लागु औषध गाँजा र दुई जना मानिस सहित तेल ट्याङकर पक्राउ

मिति २०७७।०३।२० गते बिहान ०५:०० बजेको समयमा जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमा गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक

देवराज काफ्लेको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडा तर्फबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ६९७४ नं. को तेल बोक्ने ट्याङकरलाई रोकी चेकजाँच गर्दा उक्त ट्याङकरको तेल राख्ने चेम्बरमा लुकाई छिपाई ल्याएको लागू औषध

गाँजा १२८ किलो फेलापरेको छ । ट्याङकर चालक जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. २३ बस्ने बर्ष २७ को एमामुल हक देवान र सोहि ट्याङकरमा सवार ऐ.ऐ. बस्ने बर्ष २४ को मोहरवान अंसारीलाई नियन्त्रणमा लिई निजहरुलाई ट्याङकर र गाँजा सहित मकवानपुर जिल्ला प्रहरी कार्यालयमा लगिएको र आवश्यक अनुसन्धान भइरहेको एस पि सुशील सिगं राठौरले जानकारी गराए ।

Add