बिभत्स तरिकाले सुटकेशमा फालेको शव चौबिस घण्टा नपुग्दै प्रहरिद्वारा अभियुत्त सार्बजनिक "

२०७७/०४/२७ अनिल बानिया / चितवन ।
काठमाडौं को टोखा नगरपालिका वडा नम्बर १० को नबज्योति मार्गमा यहि मिति २०७७/४/२५ गते बिहान सात बजे सुटकेशमा शकास्पद रगत बग्दै गरेको देखेपछि स्थानियले प्रहरिलाइ खबर गरेका थिए ।

प्रहरि घटनास्थलमा आइ खोलि हेर्दा शबको टाउको भन्दा तलको भाग रहेको र उक्त शुटकेस भन्दा केहि मिटर पर अर्को झोलामा टाउको सहित को भाग फेला पारेको थियो । प्रहरिले शबको सनाखत तत्काल हुन नसकेपछि सामाजिक सन्जाल र बिभिन्न सचारमाध्यममार्फत सुचना र जानकारी दिन अनुरोध गरेको थियो ।

यस्तो थियो घटनाको नालिबेलि :मृतक रोल्पा रुन्तिगडि गाउपालिका वडान ७ स्थायि घर भएका अन्दाजी ४५ बष का कृश्ण बहादुर बोहोरा बिगत 7 महिनादेखि गगबुकै एक गेस्ट हाउसमा बस्दै आएका थिए । मृतक र अभियुक्त बिच बिगत ३-४ सालदेखि सामाजिक सन्जाल मार्फत चिनजान र भेटघाट रहेको थियो । उक्त्तदिन मृतकले आफु बस्ने गेस्टहाउसमा आफु दुइ तिन दिन खान र बस्न न आउने जानकारी दिदै बा. ७२ प ५६४४ को स्कुटि लिएर साझपख बाहिरिएका थिए ।

उनि बेलुका अभियुक्त कल्पना मुडवरिको कोठामा आएर खाजा र रक्सि खाएको र खानामा बिष मिलाएर उक्त बारदात गरेको देखिन्छ । बडो योजना र चातुर्य तरिकाले राति नै अभियुक्त र उनकै छोरी मिलेर शबलाइ ब्यस्थापन गरेर राति नै आफ्नै चिनजानको बिरामि लिएर आएको एम्बुलेन्स मा काठमाडौं बाहिरिएका थिए । प्रहरिले अनुसन्धान मा के-९ अर्थात जोजो नामक कुकुरको मदतले घटना भएको स्थल कोठामा बारदातमा प्रयोग भएका सम्पुर्ण हतियार एवम मृतकको झोला कपडा बरामद गरेर फोरेन्सिक ल्याब परिक्षण को निमित्त पठाएको छ । यसरि घटना भएको ४८ घण्टा नपुग्दै हत्यारा सार्बजनिक गर्न प्रहरि सफल भएको छ । घटनाको मुख्य कारण आर्थिक लेनदेन र शारिरिक सम्पर्क नै भन्ने कुरामा प्रहरि निचोड र अनुसन्धानले देखाएको छ ।

Add