कोरियन रेडक्रस द्वारा एक करोड बिस लाख आर्थिक सहयोग ।

२०७७/०४/२८ अनिल बानिया चितवन

नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय कार्यालयको समन्वय, जिल्ला शाखा चितवनद्वारा कोरियन रेडक्रसको १ करोड २० लाखको आर्थिक सहयोगमा भरतपुर महानगरपालिका वडा न.१५ अन्तर्गतका ३ वटा माबि र एउटा सुस्तमनस्थिती कल्याण बिद्यालयमा सञ्चालन हुने "मनोसामाजिक सहयोग परियोजना" को लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न... नेरेसो महेन्द्रचोक उपशाखाका सभापति श्री बुद्धिसागर चापागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी भरतपुर वडा न.१५ का वडाध्यक्ष श्री शम्भुबहादुर भण्डारी, बिशिष्ट अतिथी नेरेसो जिल्ला शाखा चितवनका उपसभापतिद्वय श्री बिदुर के.सी र श्री रत्नप्रसाद सापकोटा रहनुभएको थियो। कार्यक्रममा मनोसामाजिक सहयोग परियोजनाका सम्बन्धमा नेरेसो जिल्ला शाखा चितवनका मनोसामाजिक अधिकृत श्री प्रदिप सुबेदीले सहभागीहरुलाई करिब ४५ मि. लामो अभिमुखिकरण प्रशिक्षण पनि दिनुभएको थियो। 

Image title

 नेरेसो महेन्द्रचोक उपशाखाका कार्यसमितिका पदाधिकारीहरु, रेडक्रसकर्मीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि र समाजसेवीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा नेरेसो महेन्द्रचोक उपशाखाका संस्थापक उप संयोजक, पूर्व सभापति एवम् जिल्ला शाखा चितवनका उपसभापति श्री बिदुर के.सीले स्वागत मन्तब्य राख्नुहुदै समग्र परियोजनाको सम्बन्धका सबैलाई प्रष्ट पार्नुभएको थियो भने बिशिष्ट अतिथी जिल्ला शाखाका उपसभापति श्री रत्नप्रसाद सापकोटाले परियोजनाको लक्ष, उद्धेश्य र संचालन हुने 

Image title

कार्यक्रम र गतिबिधिहरुका सम्बन्धमा जानकारी गराउनुभएको थियो। मन्तब्यको क्रममा प्रमुख अतिथी वडा न.१५ का वडाध्यक्ष श्री शम्भुबहादुर भण्डारीले वडा भित्र सन्चालन हुने यस परियोजनालाई सफल पार्न सबैमा अपिल गर्नुहुदै आफु र आफ्नो वडाको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नुभएको थियो। युवा सामाजिक अभियन्ता किशोर गुरुङको सबाललाइ अघिकृत प्रदिप सुबेदिले प्रकाश पार्नुका साथै सामाजिक परिचालक द्वय अजय सापकोटा र सरु केसि बानियाको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । उपशाखाका सचिव श्री जीवन के.सी.ले संचालन गर्नुभएको कार्यक्रमको अन्त्यमा उपशाखाका सभापति श्री बुद्धीसागर चापागाईंले परियोजनालाई सफल पार्न आफु र आफ्नो उपशाखाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुदै धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो।

Add